दफा १४
लागू गर्ने नेपाल सरकारको अधिकार

नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कुनै व्यक्ति वा व्यक्तिहरूको सम्बन्धमा वा कुनै खास इलाकामा वा कुनै खास किसिमको हातहतियार वा खरखजानको सम्बन्धमा यो ऐनको सबै वा केही कुराहरू लागू नहुने वा सोही सूचनामा तोकिएबमोजिम संशोधित भई लागू हुने गर्न सक्नेछ ।